प्रभु क्यापिटलको ‘टिकटक च्यालेन्ज’
काठमाडौं ।
प्रभु क्यापिटलले टिकटक च्यालेन्जमा सहभागी हुने अवसर प्रदान गरेको छ । आफ्नो स्थापनाकालदेखि नै गुणस्तरीय सेवा र ग्राहकहरूको सुविधालाई प्राथमिकता दिँदै आएको क्यापिटलले टिकटक क्याम्पियन आयोजना गरिरहेको छ । आफ्ना टिकटक भिडियोहरूबाट लोकप्रियता कमाउन सफल रेश्मा घिमिरेले आफ्नो टिकटक एकाउन्टमा अपलोड गरेको प्रभु क्यापिटलको गीत र सोही क्याप्सनसहित आफ्नो टिकटक भिडियो अपलोड गरेर यस प्रतियोगितामा सहभागिता जनाउन सकिनेछ ।
यही पुस ९ गतेदेखि माघ ८ गतेभित्र प्रभु क्यापिटलको गीतमा टिकटक बनाउने सहभागीहरूमध्ये उत्कृष्ट तीन प्रतियोगीहरूले हेलिकोप्टरको फ्लाइटमार्फत गोसाइँकुण्ड घुम्ने मौका प्राप्त गर्नेछन् । हाल सबैको रुचि बनेको टिकटकमार्फत आयोजना हुने यो प्रतियोगिता उल्लेखनीय सहभागिता रहने अपेक्षा पनि गरिएको छ । साथै यस टिकटक प्रतियोगिता अवधिभरि प्रभु क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्ने अवसर पनि रहेको बताइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया