सेयर बजार ११ सय ६६ अंकमा
काठमाडौं, पुस १८
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक तीन दशमलव २९ अंकले ओरालो लागेर ११ सय ६६ दशमलव २१ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव एक अंकले ओरालो लागेर दुुई सय ५२ दशमलव १८ अंकमा झरेको छ । यसदिन कुुल एक सय ७० वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार सात हजार ८३ वटा कारोबारमा १६ लाख ६० हजार चार सय छ कित्ता सेयर खरिदबिक्री हँुदा कारोबार रकम ५३ करोड २२ लाख ११ हजार दुुई सय ११ रूपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार नौवटा समूहको सूचक ओरालो लागेका छन् भने तीनवटा समूहको सूचक उकालो लागेका छन् । सोमध्ये पनि वाणिज्य बैंक समूहको सूचक दुुई दशमलव दुुई अंकले ओरालो लागेर एक हजार ३६ दशमलव एक अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि एक दशमलव १९ अंकले ओरालो लागेर १५ सय ९० दशमलव ५७ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि १६ दशमलव २२ अंकले ओरालो लागेर चार हजार पाँच सय २४ दशमलव १८ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ४८ दशमलव ८४ अंकले ओरालो लागेर पाँच हजार आठ सय ६२ दशमलव ५८ अंकमा झरेको छ ।
यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः तीन दशमलव ९५, ७२ दशमलव ९९, एक दशमलव १३, ११ दशमलव ९७ र शून्य दशमलव शून्य दुुई अंकले ओरालो लागेका छन् । जलविद्युुत् समूहको सूचक भने दुई दशमलव २४ अंकले उकालो लागेर नौ सय ३४ दशमलव ५३ अंकमा चढेकोमा उत्पादनमूलक समूहको सूचक पनि ४१ दशमलव २२ अंकले उकालो लागेर दुुई हजार चार सय १२ दशमलव ३३ अंकमा चढेकोे छ । यसैगरी लघुुवित्त समूहको सूचक पनि १५ दशमलव ५६ अंकले उकालो लागेर १६ सय ७९ दशमलव ४८ अंंकमा चढेको छ ।
यसदिन बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य आठ रूपैयाँ ३३ पैसाले बढेर ६५ रूपैैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल सेवा लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य सात रूपैयाँ ६८ पैसाले बढेर पाँच सय १९ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक शिवम सिमेन्ट, समता लघुुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट फण्डको सेयर मूल्य सात रूपैयाँ ५८ पैसाले घटेर एक सय ३४ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको ओरन्टल होटल समूहको प्रतिकित्ता सेयर मूल्य पाँच रूपैैयाँ २१ पैसाले घटेर चार सय ७३ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक विशाल बजार कम्पनी, रिलायन्स फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो स्थानमा शिवम् सिमेन्ट परेको छ । उक्त कम्पनीको प्रतिकित्ता चार सय ८९ रूपैयाँ अन्तिम मूल्यमा नौ करोड २१ लाख ४९ हजार सात सय ५९ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नौ सय ५० रूपैयाँ अन्तिम मूल्यमा तीन करोड ११ लाख ५७ हजार पाँच सय ९७ रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक प्रभु बैंकको संस्थापक सेयर, डिप्रोक्स लघुुवित्त वित्तीय संस्था आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आर्थिक कूटनीतिलाई बढावा दिन महासंघको राजदूतहरूलाई आग्रह
- सिंगापुुरमा उद्योग संगठन मोरङलाई एसिया प्रशान्त क्षेत्रको अवार्ड
- भृकुटीमण्डपमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी
- दुई ब्रोकर एसोसिएसनबीच मर्जर सम्झौता
- हिमालयन क्यापिटलको साधारणसभा सम्पन्न
- नबिल बैंक दक्षिण एसियाको वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
- मानुषी लघुवित्तको नाफा ऋणात्मक
- ज्योती ग्रुपका दाजुभाई बिचको द्वण्द : सम्पति लिलामीको लागि बैंकले निकाल्यो ३५ दिने सूचना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया