Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलुम्बिनी विकास बैंकको लुम्बिनी सहयात्रा मुद्दती खाता

लुम्बिनी विकास बैंकको लुम्बिनी सहयात्रा मुद्दती खाता


काठमाडौं, पुस १८
लुम्बिनी विकास बैंकले लुम्बिनी सहयात्रा मुद्दती खाता सञ्चालन ल्याएको छ । निरन्तर सहयात्रा भन्ने मूल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले इन्स्योरेन्स विशेषतायुक्त नयाँ ‘लुम्बिनी सहयात्रा मुद्दती खाता’ मुद्दती निक्षेप योजना सार्वजनिक गरेको हो । सबै तहका ग्राहकहरूलाई लक्ष्य गरी ल्याइएको लुम्बिनी सहयात्रा मुद्दती खाताले ग्राहकहरूलाई बचत गर्न प्रोत्साहन गर्नुका साथै उचित प्रतिफल प्रदान गर्नेछ ।

बैकका अनुुसार यस मुद्दती निक्षेप बचत खातामा ग्राहकहरूले आफ्नो दुर्घटनाबाट मृत्यु वा पूर्ण तथा आंशिक अशक्तताका लागि १० लाखसम्मको बीमा सुविधा तथा एक लाख रुपैयाँसम्मको औषधि उपचार बीमा सुविधासमेत प्राप्त गर्न सक्नेछन् । लुम्बिनी सहयात्रा मुद्दती निक्षेप खाताअन्तर्गत ग्राहकहरूले निःशुल्क एबीबीएस सुविधा, खाता विवरण, चेक बुक, मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड र लकर सुविधामा ५० प्रतिशत छुट प्राप्त गर्र्नेेछन् । साथै लुम्बिनी सहयात्रा मुद्दती खातामा बैंकले सार्वजनिक गरेको ब्याजदरमा शाखाबाटै थप शून्य दशमलव ५० प्रतिशत ब्याज सुविधा प्रदान गर्न सकिने छ । लुम्बिनी सहयात्रा मुद्दती निक्षेप खाता योजानले मुलुकका सबै क्षेत्र, भेग र तहलाई फाइदा पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकको २०७६ मंसिर मसान्तसम्म चुक्ता पुँजी दुुई अर्ब ५८ करोड ६९ लाख ६३ हजार पाँच सय ५१ रुपैयाँ, कर्जा लगानी २३ अर्ब ९४ करोड ७८ लाख सात हजार तीन सय १४ रुपैयाँ रहेको छ भने कुुल निक्षेप २७ अर्ब आठ करोड ६३ लाख ६२ हजार सात सय ९७ रुपैयाँ रहेको छ । बैकले आज २०७५/०७६ मा ५८ करोड ९७ लाख एक हजार दुुई सय १५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले यही पुुस २९ गते हुने साधारणसभामा सेयर होल्डरहरूलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले हाल देशभरका ६६ शाखाहरू र १६ वटा एटीएमबाट आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय आधुनिक एवं नवीनतम प्रविधिसहितको बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x