Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारदुईवटा वाणिज्य बैंकसहित एक दर्जन संस्थाहरूको बोनस समायोजन

दुईवटा वाणिज्य बैंकसहित एक दर्जन संस्थाहरूको बोनस समायोजन


काठमाडौं ।
दुईवटा वाणिज्य बैंकसहित एक दर्जज संस्थाहरूले बोनस सेयर समायोजन गरेका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार शुक्रबार मेगा र लक्ष्मी बैंकसहितका १२ वटा संस्थाहरूले बोनस सेयरको मूल्य समायोजन गरेका हुन् । सोमध्ये बुटवल पावर कम्पनीले १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य चार सय पाँच रुपैयाँ तोकेको छ । पछिल्लो पटक कम्पनीको प्रतिकित्ता चार सय ४५ रुपैयाँमा सेयर किनबेच भएको थियो । छ्याङ्दी हाइड्रोपावर कम्पनीले पनि पाँच प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य एक सय ५५ रुपैयाँ तोकेको छ । उक्त कम्पनीको पछिल्लो पटक एक सय ६३ रुपैयाँमा सेयर कारोबार भएको थियो ।

नेप्सेका अनुसार गुुडविल फाइनान्सले पनि आठ दशमलव ४० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य एक सय ९६ रुपैयाँ तोकेको छ । पछिल्लो पटक उक्त कम्पनीको प्रतिकित्ता दुई सय १३ रुपैयाँमा सेयर कारोबार भएको थियो । लक्ष्मी बैंकले पनि नौ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य दुई सय ६२ रुपैयाँ तोकेको छ । पछिल्लो पटक उक्त कम्पनीको प्रतिकित्ता दुई सय ८६ रुपैयाँमा सेयर कारोबार भएको थियो ।

यसैगरी मेगा बैंकले पनि १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य दुई सय ५० रुपैयाँ तोकेको छ । पछिल्लो पटक उक्त बैंकको प्रतिकित्ता दुई सय ७५ रुपैयाँमा सेयर कारोबार भएको थियो । शुर्या लाइफ इन्स्योरेन्स कम्पनीले पनि पाँच प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य छ सय ७४ रुपैयाँ तोकेको छ । पछिल्लो पटक उक्त कम्पनीको प्रतिकित्ता सात सय आठ रुपैयाँमा सेयर कारोबार भएको थियो । नेप्सेका अनुसार मेरो माइक्रोफाइनान्सले पनि १६ दशमलव ९४ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य आठ सय ६८ रुपैयाँ तोकेको छ । पछिल्लो पटक उक्त संस्थाको प्रतिकित्ता एक हजार १५ रुपैयाँमा सेयर कारोबार भएको थियो ।

पोखरा फाइनान्सले पनि पाँच प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य एक सय ६७ रुपैयाँ तोकेको छ । पछिल्लो पटक उक्त कम्पनीको प्रतिकित्ता एक सय ७५ रुपैयाँमा कारोबार भएको थियो । यसैगरी हिमालयन डिष्ट्रिलरी प्रालिले पनि ५० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन हजार पाँच सय २० रुपैयाँ तोकेको छ । पछिल्लो पटक उक्त कम्पनीको प्रतिकित्ता पाँच हजार दुई सय ८० रुपैयाँमा सेयर कारोबार भएको थियो । यीबाहेक लक्ष्मी लघुुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले पनि बोनस सेयरको मूल्य समायोजन गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया