नेपाल बंगलादेश बैंकद्वारा फ्रेन्डसिप फाउन्डेसनलाई रकम सहयोग
काठमाडौं ।
नेपाल बंगलादेश बैंकले फ्रेन्डसिप फाउन्डेसन नेपाललाई रकम सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत, शुक्रबार काठमाडौँं महानगरपालिका वडा नं ३, पानीपोखरी, स्थित फ्रेन्डशिप फाउन्डेसन नेपाललाई तीन लाख रुपैयाँ रकम सहयोग गरेको हो ।
सो रकम फ्रेन्डसिप फाउन्डेसन नेपालले शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालय भवन निर्माणका लागि प्रयोग गर्नेछ । गोरखा केराबारी १ मा निर्माण हुन गइरहेको सो पुस्तकालयले स्थानीय विद्यार्थीलगायत बासिन्दाहरूलाई सहजरूपमा विभिन्न किसिमका पुस्तकहरू उपलब्ध गराउनेछ । बैंैकको प्रमुख कार्यालय कमलादी काठमाडाँमा भएको कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहद्वारा फ्रेन्डसिप फाउन्डेसन नेपालका अध्यक्ष प्रकाशबाबु पौडेललाई रकम हस्तान्तरण गरेका थिए ।
साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिक्तामा राख्दै आएको जानकारी गराएको छ । बैकले आफ्नो संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले सो नाराअनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरूको जीवनस्तर उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया