Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डूका ग्राहकहरूले साक्को रिसोर्टमा १० प्रतिशत छुट पाउने

बैंक अफ काठमाण्डूका ग्राहकहरूले साक्को रिसोर्टमा १० प्रतिशत छुट पाउने


काठमाडौँ ।
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरूले साक्को रिर्सोटमा छुुट पाउने भएका छन् । बैंक र साक्को रिसोर्टबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएपछि ग्राहकहरूले यस्तो छुुट पाउने भएका हुुन् । सम्झौतापश्चात् ग्राहकहरूले साक्को रिसोर्टको सेवाहरू उपभोगबापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १० प्रतिशत छुट पाउनेछन् ।

साक्को रिसोर्टले काठमाडौं जिल्लाको साँखुबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । उक्त सम्झौतामा बैंकका साँखु शाखा कार्यालयका शाखा प्रबन्धक बैकुण्ठकुमार सैंजु र साक्को रिसोर्टका प्रमुख श्रीबन्तलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया