Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक २१ सय ६५ अंकमा

बजार परिसूचक २१ सय ६५ अंकमा

तीन दशमलव ५४ अंंकले घट्दा चार अर्ब ५६ करोडको खरिदबिक्री


काठमाडौं ।
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक तीन दशमलव ५४ अंकले ओरालो लागेर २१ सय ६५ दशमलव ४९ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४७ अंकले ओरालो लागेर चार सय १३ दशमलव ६८ अंकमा झरेको छ ।

यसदिन १२ वटा उपसमूहअन्तर्गत दुुई सय छवटा कम्पनीहरूको कारोबार भएका छन् । जसबाट ४२ हजार पाँच सय १४ पटकको कारोबारमा एक करोड आठ लाख नौ हजार छ सय २५ कित्ता सेयर किनबेच भएका छन् । उक्त परिमाणमा सेयर किनबेच हुँंदा यसदिन कारोबार रकम चार अर्ब ५६ करोड ६३ लाख ८१ हजार एक सय ७८ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कारोबार भएका कुुल उपसमूहमध्ये तीनवटा उपसमूहको सूचक उकालो लागेका छन् भने बाँकी नौवटा उपसमूहको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक नौ दशमलव २३ अंकले ओरालो लागेर १६ सय ३५ दशमलव ७० अंकमा झरेकोमा जीवन बीमा उपसमूहको सूचक ४६ दशमलव ६७ अंकले ओरालो लागेर १३ हजार आठ सय ९९ दशमलव ४२ अंकमा झरेको छ ।

यसैगरी ट्रेडिङ उपसमूहको सूचक पनि एक सय ४६ दशमलव ५७ अंकले ओरालो लागेर २३ सय ७० दशमलव ३३ अंकमा झरेकोमा लघुुवित्त उपसमूहको सूचक पनि पाँच दशमलव ९४ अंकले ओरालो लागेर ३३ सय ५२ दशमलव ७६ अंकमा झरेको छ । यीबाहेक होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष उपसमूहहरूको सूचक पनि क्रमशः २० दमसलव ९५, एक दशमलव ९५, १५ दशमलव ६५, पाँच दशमलव ६६ र शून्य दशमलव शून्य तीन अंकले ओरालो लागेका छन् ।

विकास बैंक उपसमूहको सूचक भने आज दुई दशमलव ९३ अंकले उकालो लागेर २१ सय ८६ दशमलव ९० अंकमा चढेकोमा जलविद्युुत् उपसमूहको सूचक पनि ५० दशमलव ५९ अंकले उकालो लागेर १६ सय ७४ दशमलव ३५ अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि ५७ दशमलव ९१ अंकले उकालो लागेर नौ हजार आठ सय १८ दशमलव ८५ अंकमा चढेको छ ।

यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको जनउत्थान सामुुदायिक लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर १९ सय ८१ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि नौ दशमलव ८७ प्रतिशतले बढेर पाँच सय २३ रुपैयाँमा किनबेच भएको छ ।

यीबाहेक जोशी हाइड्रोपावर कम्पनी, घलेम्दी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको साल्ट टे«डिङ कर्पोरेसन नेपाल लिमिटेडको सेयर मूल्य छ दशमलव १६ प्रतिशतले घटेर ६४ सय ७० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको मूल्य पनि तीन दशमलव ५० प्रतिशतले घटेर १३ हजार आठ सय रुपैयाँमा किनबेच भएको छ । यीबाहेक हिमालयन डिष्ट्रिलरी प्रालि, विशाल बजार कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन शिखर इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता १८ सय ९५ रुपैयाँ अन्तिम मूल्यमा ६९ करोड छ लाख ८७ हजार ६२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि प्रतिकित्ता २३ सय ८८ रुपैयाँ अन्तिम मूल्यमा २५ करोड ९० लाख ७२ हजार तीन सय २४ रुपैयाँको कारोबार भएको छ । यीबाहेक नेपाल पुनर्बीमा कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया