Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज बैंकका ग्राहकलाई भिवान्ता होटलमा छुट

सनराइज बैंकका ग्राहकलाई भिवान्ता होटलमा छुट


काठमाडौं ।
सनराइज बैंकले आफ्ना ग्राहकहरूको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिँदै आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यका साथ होटल भिवान्ता काठमाडौँमा बैंकका ग्राहकहरूलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहरूले भिवान्ता काठमाडौँको मेन्ट र अकारी रेष्टुुरेन्टमा खाना र बेबरेजको सनराइज बैंकको के्र्रडिट तथा डेबिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् । बैंकले ‘स्मार्ट बनौँ, डिजिटल बैंकिङ गरौं’ अभियानअनुरूप आफ्ना ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरूको अपेक्षाअनुरूप नवीनतम सेवा सुविधाहरू थप गर्दै जाने बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया