राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष शर्माद्वारा शपथग्रहण
काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । अध्यक्ष शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले शर्मालाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव रहेका छन् । शर्मा यसअघि नै नेपाल सरकार अर्थ मन्त्रालयबाट बैंकको सञ्चालकको रूपमा नियुक्त भई कार्यरत थिए । शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरू र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया