Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिंगटी हाइड्रोलाई ४३ करोड रुपैयाँको साधारण सेयरको लागि अनुमति

सिंगटी हाइड्रोलाई ४३ करोड रुपैयाँको साधारण सेयरको लागि अनुमति


काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले सिंगटी हाइड्रोपावर कम्पनी लिमिटेडलाई ४३ करोड ५० लाख रुपैयाँबराबरको साधारण सेयर निष्काशन गर्नको लागि अनुुमति दिएको छ । बोर्डका अनुसार मंगलबार उक्त कम्पनीलाई आयोजना प्रभावित क्षेत्रका जनता र सर्वसाधारणका लागि समेत गरी एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ४३ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्नको लागि अनुुमति दिएको हो ।

कम्पनीमा संस्थापक सेयरधनी समूहको ७० प्रतिशत अर्थात् एक अर्ब एक करोड ५० लाख रुपैयाँ लगानी रहेको छ भने सर्वसाधारण सेयरधनी समूहको ३० प्रतिशत सेयर लगानी रहनेछ । कम्पनीको सेयर निष्काशन एवं प्रबन्धकको रूपमा भने मेगा क्यापिटल लिमिटेड रहेको छ ।यसैबीच कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र अर्थात् दोलखा जिल्लाको बिगुु क्षेत्र र कालिञ्चोक क्षेत्रका जनताको लागि १४ करोड ५० लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्नेभएको छ ।

कम्पनीले यही माघ चार गतेबाट सो क्षेत्रका स्थानीय जनताको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १४ लाख ५० हजार कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको हो । बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा यही माघ १८ गते र ढिलोमा फागुुन तीन गते बन्द हुनेछ । सर्वसाधारणहरूले न्यूनतम १० देखि अधिकतम दुुई लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया