नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने, आगामी नयाँ वर्षमा एकीकृत कारोबार
काठमाडौं ।
नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । संस्थाको यही पुुस २२ गते बसेको सञ्चालक समितिको तीन सय ३२औं बैठकले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने निर्णय गरेको हो । सोलगत्तै अर्थात् पुस २३ गते दुवै फाइनान्सका अध्यक्ष तथा सञ्चालकहरूले मर्जरसम्बन्धी प्रक्रिया अगाडि बढाउने विषयमा हस्ताक्षर गरेका छन् । सम्झौतामा नेपालमा फाइनान्सका तर्फबाट अध्यक्ष डा. हिरेन्द्रमान प्रधान र ललितपुर फाइनान्सका तर्फबाट सञ्चालक समितिका अध्यक्ष दिपक महर्जनले हस्ताक्षर गरेका हुन् ।
हाल नेपाल फाइनान्सको चुक्ता पुँजी ३१ करोड रुपैयाँ रहेको छ भने ललितपुर फाइनान्सको चुक्ता पुँजी २४ करोड रुपैयाँ रहेको छ । नेपाल फाइनान्सको हाल दुईवटा शाखा रहेका छन् भने थप छवटा शाखा तथा दुई वटा एक्सटेन्सन काउन्टर खोल्ने प्रक्रियामा रहेको छ । जसमध्ये छ वटा शाखाहरू उपत्यका बाहिर र दुई वटा एक्सटेन्सन काउन्टर उपत्यका भित्र खोल्छौँ, नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले भने । ललितपुर फाइनान्सको भने हाल तीनवटा शाखा रहेको छ । प्राप्तिपछि भने फाइनान्सको कुल शाखा संख्या १३ पुग्ने छ ।
ललितपुर फाइनान्स सिंगो ललितपुरवासीहरूको आस्थासँग जोडिएको फाइनान्स हो, यसमा धेरै सकारात्मक पक्षहरू रहेका छन् । विभिन्न कारणहरूले गर्दा वित्तीय अवस्था केही कमजोर रहेको भए पनि हामी त्यसलाई रिकभर गरेर सबल बनाउन सक्षम छौँ, प्रमुख कार्यकारी थपलियाले भने । प्रमुख कार्यकारी थपलियाका अनुसार चैतसम्म प्राप्तिको सबै प्रक्रिया पूरा गरेर नयाँ वर्ष अर्थात् वैैशाख एक गतेदेखि एकीकृतरूपमा कारोबार सुभारम्भ गर्ने लक्ष रहेको पनि प्रमुख कार्यकारी थपललियाले जानकारी दिएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया