सेयर बजार परिसूचक २२ सय ३५ बिन्दुमा
४१ दशमलव २४ अंकले बढ्दा छ अर्ब ३२ करोडभन्दा बढीको सेयर किनबेच
काठमाडौं ।
सेयर बजार परिसूचक २२ सय अंकबाट उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक ४१ दशमलव २४ अंकले उकालो लागेर २२ सय ३५ दशमलव ७२ अंकमा चढेको हो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव २१ अंकले उकालो लागेर चार सय २८ दशमलव ४३ अंकमा चढेको छ । यसदिन १२ वटा उपसमूहअन्तर्गत दुई सय सातवटा कम्पनीहरूको कारोबार भएका छन् । जसबाट ५७ हजार एक सय ७१ पटकको कारोबारमा एक करोड ५० लाख ३० हजार आठ सय ३६ कित्ता सेयर किनबेच भएका छन् । उक्त परिमाणमा सेयर किनबेच हुँदा कुल कारोबार रकम भने छ अर्ब ३२ करोड ६६ लाख ४६ हजार आठ सय छ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कारोबार भएका कुल उपसमूहमध्ये जीवन बीमा उपसमूहको सूचक १७ दशमलव १६ अंकले ओरालो लागेर १३ हजार नौ सय ४५ दशमलव ९५ अंकमा पुगेकोमा बाँकी समूहको सूचक उच्च उकालो लागेका छन् । सोमध्ये वाणिज्य बैंक उपसमूहको सूचक ५९ दशमलव ६१ अंकले उकालो लागेर १७ सय २० दशमलव ३० अंकमा पुगेको छ भने विकास बैंक उपसमूहको सूचक पनि ८८ दशमलव ४५ अंकले उकालो लागेर २३ सय आठ दशमलव २९ अंकमा चढेको छ ।
जलविद्युत् उपसमूहको सूचक पनि १६ दशमलव ६५ अंकले उकालो लागेर १६ सय ८८ दशमलव ८४ अंकमा चढेकोमा लघुवित्त उपसमूहको सूचक पनि २१ दशमलव आठ अंकले उकालो लागेर तीन हजार चार सय ७७ दशमलव ४० अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि ३९ दशमलव आठ अंकले उकालो लागेर १० हजार एक सय १५ दशमलव ४५ अंकमा चढेकोमा ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ७८ दशमलव तीन, २० दशमलव ५४, १९ दशमलव २१, २५ दशमलव ९७, तीन दशमलव १६ र शून्य दशमलव शून्य आठ अंकले उकालो लागेका छन् ।
यसदिन बढी कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको प्रभुु लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर दुई सय नौ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि नौ दशमलव ९७ प्रतिशतले बढेर छ सय ९५ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक कुमारी बैंक, युनाइटेड फाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मल्य चार दशमलव ३१ प्रतिशतले घटेर १३ सय ११ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमाल दोलखा पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि दुई दशमलव ९९ प्रतिशतले घटेर एक सय ३० रुपैयाँमा किनबेच भएको छ । यीबाहेक एनएलजी इन्स्योरेन्स कम्पनी, नेरुडे लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन प्रभु बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता चार सय १४ रुपैयाँ अन्तिम मूल्यमा ४० करोड २९ लाख ९१ हजार ९८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको कुमारी बैंकको पनि प्रतिकित्ता दुई सय ८९ रुपैयाँ अन्तिम मूल्यमा ३० करोड ४५ लाख १६ हजार चार सय ७० रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल पुनर्बीमा कम्पनी, प्राइम कमर्सियल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- देशको आन्तरिक अर्थतन्त्र अझै सुस्त
- लक्ष्यअनुरूपको आर्थिक वृद्धिदर हासिल
- बालेनराजको अन्धसमर्थन
- माग पूरा नभए गाउँ–गाउँबाट वित्तीय संस्थालाई लखेट्ने चेतावनी
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया