Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको ‘स्मार्ट टेलर’ सेवा

सिद्धार्थ बैंकको ‘स्मार्ट टेलर’ सेवा


काठमाडौं ।
सिद्धार्थ बैंकले ‘स्मार्ट टेलर’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरूलाई डिजिटल प्रविधिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यका साथ बैंकले नयाँ सेवा स्मार्ट टेलर सञ्चालनमा ल्याएको जानकारी दिएको छ । यस सुविधा सञ्चालनपछि ग्राहकहरूले चेक वा एटीएम कार्ड साथमा नभए पनि क्यूआर कोड स्क्यान गरी आफ्नो बैंक खाताबाट सहजै रकम झिक्न तथा निकाल्न सक्नेछन् जसले गर्दा ग्राहकहरूको समयको बचत हुनेछ र बैंकिङ सेवा अझ बढी सुविधाजनक हुनेछ ।

ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप (सिद्धार्थ बैंकस्मार्ट) बाट बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी दैनिक एक लाखसम्म मासिक १० लाख रुपैयाँसम्मको रकम निकाल्न सक्नेछन् । बैंकले कार्ड सेवा, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइनबाटै खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने सुविधाजस्ता विभिन्न डिजिटल बैंकिङ सेवाहरूप्रदान गर्दै आएको छ र आगामी दिनहरूमा पनि बैंकिङ सेवाहरूलाई अझ बढी आधुनिकीकरण गर्दै जाने उद्देश्य बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया