Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकको वार्षिक साधारणसभा

एभरेष्ट बैंकको वार्षिक साधारणसभा


काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले सोमबार भर्जुअलरूपमा आफ्नो २६औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७६-७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।

सभाले सेयरधनीहरूलाई आव २०७६–०७७ का लागि पाँच प्रतिशत बोनस सेयर र पाँच दशमलव ५३ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैैंकले प्रस्तावित बोनस सेयर जारी भएपछि चुक्ता पुँजी वृद्धि हुने र नेपाल राष्ट्र बैंकको स्वीकृतिबमोजिम संस्थापक समूहको नौ दशमलव ९१ प्रतिशत सेयर सर्वसाधारण समूहमा परिणत भएपछि संस्थापक समूह र सर्वसाधारण समूहको सेयर स्वामित्व संरचना परिवर्तन गर्न प्रबन्धपत्र संशोधन गर्नुपर्ने प्रस्ताव छलफल गरी पारित गरेको छ ।

कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै जुममार्फत सेयरधनीहरूका धारणासमेत सामवेश गरेको बैंकले जनाएको छ । साधारणसभाबाट आगामी ४ वर्षका लागि सर्वसाधारण सेयरधनीहरूका तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक नवीनभक्त श्रेष्ठ र श्रीमती उर्मिला श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया