सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा जाजरकोटको कालीमाटी बजारमा
काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु-याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले जाजरकोट जिल्लाको नलगाड नगरपालिका, कालीमाटी बजारमा यही पुस २४ गतेबाट एक सय सातौं शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको हो ।
सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी अमरबहादुर बोहरालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखिय विश्वास एंव बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
बैंकले देशैभरि फैलिएका आफ्ना एक सय नौवटा शाखा, ९८ वटा एटीएम र एक सय सातवटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली पूर्ति गरिरहेको छ ।
यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ । यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
व्यावसायिक ज्ञानको कमी, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचित नहुनु तथा व्यावसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुँजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्यूनीकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरूका साथै सुलभ र सहजतवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पक्राउ पुर्जी जारी भएका गाउँपालिकाका उपाध्यक्ष बराल सार्वजनिक कार्यक्रममा प्रहरी बेखबर
- एनपिएल: सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
- शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ: अध्यक्ष दाहाल
- दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस
- भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह
- मापदण्डविपरीत गरेका कर्मचारी सरुवा सच्याउन निर्देशन
- विष्णुमती कोरिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो
- महिला खेलाडीको सफलतामा बजेटको अभाव
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया