Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसूचक २२ सय ६७ अंकमा

सेयर बजार परिसूचक २२ सय ६७ अंकमा

२८ अंकले बजार उकालो लाग्दा चार अर्ब ९८ करोडको कारोबार


काठमाडौं ।
सेयर बजार परिसूचक पुुनः उकालो लागेको छ । अघिल्लो दिन तीन दशमलव सात अंकले उकालो लागेको बजार परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार २८ दशमलव ३१ अंकले उकालो ल लागेर २२ सय ६७ दशमलव ७३ अंकमा चढेको छ ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८९ अंकले उकालो लागेर चार सय ३३ दशमलव २८ अंकमा चढेको छ । यसदिन १२ वटा उपसमूहअन्तर्गतका दुई सय दुई वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसबाट ४५ हजार पाँच सय ६९ पटकको कारोबारमा एक करोड ३५ लाख ३१ हजार दुई सय २७ कित्ता सेयर किनबेच भएका छन् । उक्त परिमाणमा सेयर किनबेच हुँदा कुल कारोबार रकम चार अर्ब ९८ करोड २३ लाख ९१ हजार आठ सय ९७ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कारोबार भएका कुल उपसमूहमध्ये ट्रेडिङ उपसमूहको सूचक १५ दशमलव चार अंकले ओरालो लागेर २५ सय ११ दशमलव २९ अंकमा झरेको छ भने बाँकी समूहको सूचक भने उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १५ दशमलव ५४ अंकले उकालो लागेर १७ सय ३७ दशमलव ७१ अंकमा पुग्दा विकास बैंक उपसमूहको सूचक पनि १९ दशमलव चार अंकले उकालो लागेर २३ सय ५६ दशमलव २७ अंकमा चढेको छ ।

यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि दुई सय ७३ दशमलव २७ अंकले उकालो लागेर १० हजार पाँच सय ६५ दशमलव ६६ अंकमा चढेकोमा जीवन बीमा उपसमूहको सूचक पनि तीन सय ७६ अंकले उकालो लागेर १४ हजार चार सय ८३ दशमलव २३ अंकमा चढेको छ । यसैगरी जलविद्युत् उपसमूहको सूचक पनि ६० दशमलव ९१ अंकले उकालो लागेर १७ सय ५३ दशमलव १३ अंकमा चढेकोमा लघुवित्त उपसमूहको सूचक पनि ५३ दशमलव १९ अंकले उकालो लागेर तीन हजार पाँच सय २१ दशमलव ३५ अंकमा चढेको छ ।

यीबाहेक होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचकहरू पनि क्रमशः नौ दशमलव ९३, २३ दशमलव १४, छ दशमलव ८९, छ दशमलव ४८ र शून्य दशमलव एक अंकले उकालो लागेका छन् । यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको आईएमई जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर आठ सय २५ रुपैयाँमा किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको आरम्भ चौतारी लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि नौ दशमलव ९८ प्रतिशतले बढेर नौ सय ८१ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक कर्पोरेट डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको नेपाल हाइड्रो डेभलपर कम्पनीको सेयर मूल्य तीन दशमलव ७८ प्रतिशतले घटेर दुई सय २९ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि दुई दशमलव २९ प्रतिशतले घटेर एक हजार ६५ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक सिभिल लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन प्रिमियर इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता एक हजार ६५ रुपैयाँ अन्तिम मूल्यमा २९ करोड छ लाख ३४ हजार चार सय ७० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको प्रभु बैंकको पनि प्रतिकित्ता चार सय ११ रुपैयाँ अन्तिम मूल्यमा १६ करोड आठ लाख ६५ हजार छ सय ६७ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक अपर तामाकोशी हाइड्रोपावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया