Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको सेयर मूल्य समायोजन

सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन


काठमाडौँ ।
सिद्धार्थ बैंकले सेयर मूल्य समायोजन गरेको छ । बैंकले साताको तेस्रो कारोबार दिन मंगलबार १२ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य चार सय २१ रुपैयाँ तोकेको हो । पछिल्लो पटक प्रतिकित्ता चार सय ७२ रुपैयाँमा सेयर कारोबार भएको बैंकको बजार पुँजीकरण भने ५१ अर्ब ७४ करोड २० लाख ५२ हजार दुई सय २४ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा कम्पनीको बैंकको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको १० अर्ब ९६ करोड २२ लाख ९९ हजार दुई सय रुपैयाँ बराबरको १० करोड ९६ लाख २२ हजार नौ सय ९२ कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया