मेरो माइक्रोफाइनान्सको लाभांश पारित
काठमाडौं ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गरेको छ । संस्थाको मंगलबार सम्पन्न भएको आठौँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १६ दशमलव ९४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ८९२ प्रतिशत नगद लाभांश अनुमोदन गरेको हो ।
यसबाहेक उक्त सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा ज्ञानुकृष्ण अधिकारी र बद्रीप्रसाद पुडासैनी निर्विरोध चयन गरेको छ । नौवटा प्रर्वद्धित बैंकका प्रतिनिधि सहभागी रहेको सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७६/७७ को फाइनान्सको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ ।
लघुवित्तका अध्यक्ष सञ्जिव मानन्धरले संस्था सञ्चालनको सातौँ वर्षमा संस्थाले पाँच अर्ब ८४ करोड ऋण लगानी गरी १८ करोड २१ लाख सञ्चालन मुनाफा आर्जन गरेको बताए । हाल चुक्ता पुँजी ८५ करोड ५१ लाख रूपैयाँ रहेको संस्थाले बोनस सेयर वितरणपश्चात् एक अर्ब कायम भएको बताए । संस्थाले एक लाख २५ हजारभन्दा बढी विपन्न घर परिवारलाई लघुवित्तीय सेवा दिइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
- उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया