Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंकले १५ प्रतिशत बोनस सेयर दिने

कृषि विकास बैंकले १५ प्रतिशत बोनस सेयर दिने


काठमाडौं ।
कृषि विकास बैंकले १४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले बुधबार भर्चुुअल माध्यमबाट वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले बैंकका करिब तीन लाखको संख्यामा रहेका सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनबापत शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव समेत पास गरेको छ ।

बंैकले देशका अति दुर्गमदेखि सुगम ठाउँहरूमा गरी दुई सय ७६ वटा शाखाहरूबाट आधुनिक बंैकिङ सेवा पु-याउन सफल भएको छ । साथै नेपालका वाणिज्य बैंकहरूमध्ये कृषि विकास बैंक सबैभन्दा बढी अधिकृत पुँजी भएको बैंक हो । बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाको अध्यक्षतामा सम्पन्न भएको सभामा सेयरधनीहरूले उठाएका जिज्ञासाहरूलाई बैंकका अध्यक्ष निरौला र प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले स्पष्ट पारेका थिए ।

साथै सेयरधनीहरूबाट प्राप्त सुझावहरूलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे । भर्चुुअल माध्यमबाट भए पनि सभामा सेयरधनीहरूको बाक्लो उपस्थिति रहेको बैंकले जनाएको छ । उक्त साधरणसभामा विभिन्न निकाय÷संघ÷संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरू र बैंक सञ्चालक समितिका सदस्यहरू झक्कप्रसाद आचार्य, डा. हरिबहादुर केसी, सञ्जिव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरागाई, डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया