Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकको ३६औँ वार्षिक साधारणसभा

नबिल बैंकको ३६औँ वार्षिक साधारणसभा


काठमाडौँ ।
नबिल बैंकको ३६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको बुधबार सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा बसेको ३६औँ वार्षिक साधारणसभाले बैंकको सञ्चालक समितिले सिफारिस गरेबमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिअनुसार साधारणसभामा पेश गरेअनुसार आर्थिक वर्र्ष २०७६/७७ को मुनाफाबाट ३५ दशमलव २६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रूपमा स्थापित हुन सफल भएको छ । यसै साधारणसभाबाट सर्वसाधारण सेयरधनी समूहको प्रतिनिधित्व गर्दै अनन्त पौड्याल तथा प्रविन टिवडेवाला निर्विरोध निर्वाचित भएका छन् ।

आव २०७६/७७ मा निजी क्षेत्रका बैंकहरूमध्ये उच्चतम मुनाफा तीन अर्ब ४६ करोड हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३ दशमलव ६१ प्रतिशत र प्रतिसेयर आम्दानी ३६ रुपैयाँ १६ पैसा हासिल गरी आफ्नो वासलात विस्तार गर्दै दुई खर्ब ३७ अर्ब पु-याएको छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपश्चात् बैंकको सेयर पुँजी यस वर्ष १३ अर्ब ४८ करोड रुपैयाँ नाघेको छ ।

सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष पौड्यालले भने, ‘नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा करमार्फत योगदान पु-याउन सफल भएकोमा हामी गौरवान्वित रहेका छौँ ।’

हामी ठूलो बैंकसँगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा छौँ । बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टीलाई उच्च प्राथमिकतामा लागेको छ । बैंकले स्थापनाकालदेखि हालसम्म २१ अर्बभन्दा बढी रकम त देशको राजस्वमा योगदान गरिसकेको छ । ‘वास्तविक अर्थतन्त्रलाई सहयोग पु-याई समग्र अर्थतन्त्रको सुखद भविष्यको लागि हाम्रा प्रयासहरूलाई अझ बलियो बनाउँदै लैजाने हामी प्रतिबद्धता व्यक्त गर्दछौँ ।

त्यसैगरी, हामी हाम्रा सेयरधनीहरू, ग्राहकवर्गहरू, नियामक निकायहरूलगायत सम्पूर्ण सरोकारवाला पक्षहरूमाझ यो बैंक सबल र सक्षम रहेको र हालको जस्तो अप्ठ्यारो परिस्थितिमा पनि आफ्नो सकारात्मक सोच एवं परिवर्तनलाई ग्रहण गर्न सक्ने क्षमताका माध्यमबाट उत्कृष्ट कार्यसम्पादन गर्न तयार रहेको व्यहोरा अवगत गराउन चाहन्छौँ ।’ अध्यक्ष पौडेलले भने, ‘हामी यसकिसिमका चुनौतीहरूलाई अवसरमा बदल्नका लागि पनि पूर्णरूपमा तयार रहेको जानकारी गराउन चाहन्छौँ ।’

बैंकले एक सय १९ वटा शाखाहरू, एक सय ८५ वटा एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूका साथमा देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टहरूमार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरूसँगसँगै अघि बढ्ने विश्वास राखेको छ । बैंकको साधारणसभा समयमै सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने सेयरधनी तथा सम्बद्ध सबै निकायहरूप्रति बैंकले हार्दिक आभार व्यक्त गरेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया