Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम कमर्सियल बैंकको १३औँ वार्षिक साधारणसभा

प्राइम कमर्सियल बैंकको १३औँ वार्षिक साधारणसभा


काठमाडौं ।
प्राइम कमर्सियल बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद् एवं व्यावसायिक व्यक्तित्वहरूद्वारा प्रवद्र्धित तथा विभिन्न नवीनतम बैंकिङ सेवाहरू प्रदान गर्दै आएकोे बैंकले बुधबार आफ्नो १३औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभाले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने गरी तेह्रौँ वार्षिक साधारणसभा अनलाइन (भर्चुअल) माध्यमबाट सम्पन्न गरेको छ । बैंकले आगामी दिनहरूमा पनि बैंकको सेवा र शाखाहरूको सञ्जाल विस्तार गर्दै लगी आफ्नो सेयरधनीहरूलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैंक प्रतिबद्ध रहेको व्यहोरा जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया