ग्लोबल आईएमई बैंकको १६ प्रतिशत लाभांश पारित
काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेडको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले बुधबार कर्पोरेट भवन कमलादी, काठमाडौँंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले आर्थिक वर्ष २०७६/७७ को कुल मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर र दुई प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने निर्णयलाई पारित गरेको छ ।
बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन मुनाफा चार अर्ब १७ करोड रुपैयाँ र करपछिको मुनाफा दुई अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको थियो । बोनश सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ । साधारणसभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालनमा कटिबद्ध रहेको बताए । उनले बैंकले संघीय सरकार तथा नेपाल राष्ट्र बैंकले अंगिकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरूप हालसम्म १८ वटा बैंक तथा वित्तीय संस्थाहरू यस बैंकमा समाहित गरिएको बताए ।
साबिकको जनता बैंक नेपालसँग मर्जरपछि ग्लोबल आईएमई बैंक देशकै सबैभन्दा ठूलो र सबल बैंक बनेको बताउँदै, उनले सेयरधनीको आकांक्षाअनुरूप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बैंकले सदाझैं आफ्नो व्यावसायिक रणनीतिक योजनाअनुरूप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताउँदै कोरोना भाइरस महामारीले अर्थतन्त्रमा पारेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधिमार्फत सेवा प्रवाह गर्दै ग्राहकहरूलाई थप प्रभावकारी सेवा पु-याउने बताए ।
आर्थिक वर्ष २०७६–०७७ मा बैंकको ब्याज आम्दानीतर्फ गत वर्षभन्दा छ अर्ब ९६ करोड रुपैयाँले वृद्धि भएको छ । आम्दानीमा वृद्धि भए पनि यसै अवधिमा कोरोना भाइरसको कारणले बैंकको कर्जा लगानी रकममा एक अर्ब ९५ करोड रुपैयाँसम्मको जोखिम व्यवस्थापनबापत रकम छुट्याउनु परेकोले बैंकको खुद मुनाफामा पाँच दशमलव ३१ प्रतिशतले मात्र वृद्धि भई दुई अर्ब ९१ करोड रुपैयाँ मात्र कायम हुन सकेको छ ।
हाल बैंकले दुई खर्ब ४९ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गर्नुका साथै दुई खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । त्यस्तै, सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यका साथ बैंकले ७३ जिल्लामा दुई सय ६४ शाखा सञ्जालसहित करिब आठ सय सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकमा तीन हजारभन्दा बढी कर्मचारीहरू कार्यरत रहेका छन् । बैंकले करिब २२ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।
सञ्चालक समितिको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित
यसैबिच बैंकको १४औँ वार्षिक साधारणसभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको छ । अन्य सञ्चालक सदस्यहरूमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शनकृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दिपक शर्मा पोखरेल (सर्वसाधारण) रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराएका छन् । प्रत्यक्ष र भर्चुअल माध्यमबाट गरी सञ्चालन गरिएको बैंकको १४औँ साधारणसभामा बैंकका सेयर सदस्यहरू, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया