प्रोग्रेसिभ फाइनान्सको २४औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौँ ।
प्रोग्रेशिभ फाइनान्सको २४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । फाइनान्सको बुुधबार सम्पन्न सभामा संस्थाका अध्यक्ष किशोरकुमार महर्जनले सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७६/७७ मा गरेका कार्यक्रम तथा गतिविधिहरूबारे प्रकाश पारे ।
उनले चालू आर्थिक वर्षमा संस्थाले सञ्चालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले सञ्चालन गर्ने कार्यक्रम तथा योजनाहरूहरूबारे जानकारी दिए । साधारणसभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञासाहरूको जवाफ दिँदै अध्यक्ष महर्जनले संस्था अपेक्षितरूपले प्रगतिपथमा लम्किरहेको जानकारी गराए ।
उनले सेयरधनीहरूबाट प्राप्त सल्लाह तथा सुझावहरूको सराहना गर्दे आगामी दिनहरूमा यस्ता सुझावहरूको कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरे । सभाले आर्थिक वर्ष २०७६/७७ वित्तीय अवस्थाको विवरण (वासलात), नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरू सहितको वित्तीय विवरणहरू छलफलपश्चात् पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७/७८का निम्ति बाह्य लेखापरीक्षकका रूपमा एस पाण्डे एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । सभाले मर्जर तथा एक्वीजिसनका निम्ति बैक तथा वित्तीय संस्थाहरूबाट उपयुक्त प्रस्ताव प्राप्त भएमा सोसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको छ ।
संस्थाले हाल दशवटा शाखा कार्यालय तथा चारवटा एक्सटेन्सन काउन्टरहरूमार्फत आफ्ना सेवाहरू प्रवाह गरिरहेको छ । साथै संस्थाले चालू आर्थिक वर्षमा पनि कार्यक्षेत्र विस्तार गर्ने क्रममा शाखा तथा एक्सटेन्सन काउन्टरहरू स्थापना गर्ने योजना बनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया