सेञ्चुरी बैंकको दुई आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न
काठमाडौँ ।
सेञ्चुरी कमर्सियल बैंकले नवौँ तथा १०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले बुधबार सञ्चालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले सेयरधनीहरूलाई आव २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम आठ अर्ब ४१ करोड ५४ लाख ७१ हजार पाँच सय ७६ रुपैयाँ ३० पैसामध्येबाट चार दशमलव ७५ प्रतिशत नगद लाभांश (करसहित) र दुई प्रतिशत बोनस सेयर तथा उक्त बोनस सेयर वितरणपश्चात् हुनआउने चुक्ता पुँजी रकम आठ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट पाँच दशमलव २५ प्रतिशत बराबरको बोनस सेयर र दुई दशमलव २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाडलगायतका प्रतिवेदन पारित गरेको छ ।
सभाले संस्थापक सेयरधनीहरूबाट प्रतिनिधित्व गर्न तीन जना सञ्चालक रमेशकुमार निरौला, मनबहादुर राई र रणबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ । चालु आवको असोज मसान्तसम्म बैंकले ८२ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले २२ करोड दुई लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया