Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको ‘इन्स्टा बाइ’ योजना

सिटिजन्स बैंकको ‘इन्स्टा बाइ’ योजना


काठमाडौँ ।
सिटिजन्स बैंकले इन्स्टा बाइ योजना सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई वस्तु एवं सेवा खरिद गर्न सहज होस् भन्ने अभिप्रायका साथ देशभरका जुनसुकै मर्चेन्टहरूमा क्रेडिट कार्डमार्फत न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम दुई लाख ५० हजार रुपैयाँसम्म भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रूपान्तरण गर्न सकिने इन्स्टा बाई योजना सञ्चालनमा ल्याएको हो ।

यो योजनाअन्तर्गत बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकैपटकमा खरिद गरिएको वस्तु तथा सेवाहरूको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोतअनुसारको किस्ता अवधि छनौट गर्न सकिने नविनतम सुविधा ल्याएको हो । बैंकका अनुसार यो योजनामार्फत ग्राहकहरूले आफूले किन्न खाजेको वस्तु तथा सेवा तत्काल खरिद गरी रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।

क्रेडिट कार्ड प्रयोगकर्ताहरूले खरिद गर्ने वस्तु तथा सेवाहरूको खरिद रकम न्यूनतम तीनदेखि अधिकतम १८ महिनासम्मको अवधिभित्र बैंकलाई भुक्तानी गर्नसक्ने व्यवस्था मिलाइएको छ । ग्राहकहरूले क्रेडिट कार्डमार्फत वस्तु तथा सेवा खरिद गरेपश्चात् आफूलाई पायक पर्ने बैंकको शाखा पुगेर किस्ताबन्दीको लागि आवेदन दिन सक्नेछन् । यस योजनामा सहभागी भई आकर्षक सुविधा प्राप्त गर्न चाहने नयाँ ग्राहकहरूले क्रेडिट कार्डको निमित्त आवेदन दिन बैंकको कुनै पनि शाखा कार्यालय वा बैंकको वेबसाइटमार्फत जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन आवेदन दिन समेत सक्नेछन् ।

बंैकले हाल देशैभरि फैलिएका आफ्ना एक सय नौवटा शाखा, ९८ वटा एटीएम र एक सयवटा शाखारहित बैंकिङ एकाइहरूबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली पूर्ति गरिरहेको छ ।

यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न इस्क्यान एण्ड विथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ । यसप्रकारको सेवाबाट डिजिटल बैंकिङ सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

व्यावसायिक ज्ञानको कमि, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचित नहुनु तथा व्यावसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुँजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्यूनीकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरूका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया