बजार परिसूचक २२ सय ८६ दशमलव ५४ बिन्दुमा
सातामा २२ अर्ब ७४ करोड ८२ लाखको सेयर किनबेच
काठमाडौँ ।
यस साता सेयर बजार परिसूचक २२ सय ८६ दशमलव ५४ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ३५ दशमलव २५ अंकमा पुगेर रोकिएको छ ।यस साता धितोपत्र बजारमा दुई सय आठवटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार दुई लाख एक हजार सात सय ४३ पटकको कारोबारमा पाँच करोड ५४ लाख १२ हजार छ सय ९५ कित्ता सेयर खरिदबिक्री हुँंदा कारोबार रकम २२ अर्ब ७४ करोड ८२ लाख ६० हजार नौ सय ५७ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै पाँच अर्ब रुपैयाँले कम हो ।
गत सात भने धितोपत्र बजारमा दुुई सय १२ वटा कम्पनीहरूको कारोबार भएका थिए । जसअनुसार दुई लाख ३४ हजार पाँच सय १३ पटकको कारोबारमा पाँच करोड ८७ लाख ८२ हजार छ सय ४८ कित्ता सेयर खरिदबिक्ती हुँंदा कारोबार रकम २७ अर्ब १७ करोड २३ लाख १२ हजार आठ सय सात रुपैयाँ पुुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष चार कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो र चौथो दिन नै बजार परिसूचक उकालो लागेको थियो ।
पहिलो दिन बजार परिसूचक ४१ दशमलव २४ अंकले उकालो लागेर २२ सय ३५ दशमलव ७२ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव २१ अंकले उकालो लागेर चार सय २८ दशमलव ४३ अंकमा चढेको थियो । दोस्रो दिन पनि बजार परिसूचक तीन दशमलव सात अंकले उकालो लागेर दुई हजार दुुई सय ३९ दशमलव ४२ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९६ अंकले उकालो लागेर चार सय २९ दशमलव ३९ अंकमा चढेको थियो ।
तेस्रो दिन पनि बजार परिसूचक २८ दशमलव ३१ अंकले उकालोे लागेर दुई हजार दुई सय ६७ दशमलव ७३ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८९ अंकले उकालो लागेर चार सय ३३ दशमलव २८ अंकमा चढेको थियो । चौथो दिन पनि बजार परिसूचक १८ दशमलव ८१ अंकले उकालो लागेर दुई हजार दुई सय ८६ दशमलव ५४ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९७ अंकले उकालो लागेर चार सय ३५ दशमलव २५ अंकमा चढेको थियो ।
यस साता नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी, नेपाल दुरसञ्चार कम्पनी आदि परेका छन् भने कारोबार भएको सेयर संख्याको आधारमा प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक, कुमारी बैंक आदि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया