तीन खर्ब ३२ अर्ब रुपैयाँ भन्दा माथि पुुग्यो बैंकिङ क्षेत्रको चुक्ता पुँजी
आज ५० अर्ब रुपैयाँको निक्षेप उपकरण
काठमाडौँ ।
बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल चुक्ता पुँजी तीन खर्ब ३२ अर्ब रुपैयाँभन्दा माथि पुुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक र २१ वटा फाइनान्स कम्पनीहरुको कुुल चुक्ता पुँजी तीन खर्ब ३२ अर्ब ६८ करोड ८० लाख रुपैयाँ पुुगेको छ ।
यस अवधिमा वाणिज्य बैंकहरुको मात्र चुक्ता पुँजी भने दुुई खर्ब ८७ अर्ब नौ करोड ९० लाख रुपैयाँ पुुगेको छ भने विकास बैंकहरुको मात्र चुक्ता पुँजी ३१ अर्ब ३८ करोड रुपैयाँ पुुगेको छ । फाइनान्स कम्पनीहरुको मात्र कुुल चुक्ता पुँजी भने १४ अर्ब २१ करोड रुपैयाँ पुुगेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको मंसिर मसान्तसम्ममा बैंकिङ क्षेत्रको कुुल निक्षेप रकम ४१ खर्ब ९० करोड ७१ लाख ७० हजार रुपैयाँ पुुगेको छ भने कुुल कर्जा रकम ३५ खर्ब १८ अर्ब ४४ करोड रुपैयाँ पुुगेको छ । सोमध्ये वाणिज्य बैंकहरुको मात्र कुुल निक्षेप ३७ खर्ब ११ अर्ब ४९ करोड ३० लाख र कुुल कर्जा रकम ३१ खर्ब १९ करोड ९७ लाख ९० हजार रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार विकास बैंकहरुले भने चालू आवको मंसिर मसान्तसम्ममा तीन खर्ब ८२ अर्ब ३९ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब २१ अर्ब ५३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो अवधिमा फाइनान्स कम्पनीहरुले भने ९६ अर्ब ८२ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी ७६ अर्ब ९२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
लघुुवित्त वित्तीय संस्थाबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने यस अवधिमा पाँच हजार आठ सय ७० पुुगेको छ । सोमध्ये वाणिज्य बैंकहरुको मात्र शाखा चार हजार पाँच सय ८५ वटा रहेको छ भने विकास बैंकहरुको कुुल शाखा संख्या एक हजार ३२ रहेको छ । यस अवधिमा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने दुुई सय ५३ पुुगेको छ ।
बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल एटीएम काउन्टरको संख्या भने चालू आवको मंसिर मसान्तसम्ममा चार हजार एक सय ९१ वटा पुुगेको छ । सोमध्ये वाणिज्य बैंकहरुको मात्र एटीएम संख्या तीन हजार आठ सय ३१ रहेको छ भने विकास बैंकहरुको कुुल एटीएम काउन्टरको संख्या तीन सय नौवटा रहेको छ । फाइनान्सहरुको कुुल एटीएम काउन्टरको संख्या भने चालू आवको मंसिर मसान्तसम्ममा ५१ वटा पुुगेको छ ।
आज ५० अर्ब रुपैयाँको निक्षेप उपकरण
आज बिहीबार नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन उपकरण बिक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका अनुसार माघ ८ गते अर्थात् आज बिहीबार २ बजेसम्म उक्त परिमाण निक्षेप संकलन उपकरण बिक्री गर्न लागिएको हो ।
परिपक्व हुुने अवधि २८ दिन अर्थात् २०७७ फागुन ६ गते तोकिएको निक्षेप संकलन उपकरण खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले भाग लिन पाउनेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरण खरिदको लागि घटीमा पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको सीमा तोकिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया