Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र बैंकद्वारा दोस्रो चरणको ऋण निष्काशन तालिका सार्वजनिक

राष्ट्र बैंकद्वारा दोस्रो चरणको ऋण निष्काशन तालिका सार्वजनिक

एक वर्षमा दुुई खर्ब २५ अर्ब  रुपैयाँ आन्तरिक ऋण उठाइने, दोस्रो चौमासमा ५६ अर्बको लक्ष्य


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने भएको छ । सो अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासमा ५७ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले चालू आवको दोस्रो चौमासमा पनि ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने तालिका बिहीबार सार्वजनिक गरेको हो ।

चालू आवको आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दै आगामी असार मसान्तसम्ममा टे«जरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपरकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाउने घोषणा गरेको हो ।

‘यो निष्काशन तालिकाअनुसार चालू आवको प्रथम चौमासमा ५७ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाइएको छ’, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुुणाकर भट्टले भने । प्रवक्ता भट्टका अनुसार यसको लागि राष्ट्र बैंकले सात अर्ब रुपैयाँबराबरको टे«जरी बिल र ५० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र बिक्री गरेको छ । चालू आवको दोस्रो चौमासमा भने ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनले लक्ष्य हामीले लिएका छौँ’, प्रवक्ता भट्टले भने ।

‘लक्ष्यअनुसार तोकिएको सबै किसिमका ऋणपत्र बिक्री गरेर केन्द्रीय बैंकले आन्तरिक ऋण उठाउँछ’, उनले भने । यसको लागि राष्ट्र बैंकले १३ अर्ब ५० करोड रुपैयाँबराबरको टे«जरी बिल, ४० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुुई अर्ब रुपैयाँबराबरको नागरिक बचत पत्र र ५० करोड रुपैयाँबराबरको बैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी गरेको छ । यसैगरी चालू आवको तेस्रो चौमासमा भने राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने छ । यसको लागि राष्ट्र बैंकले ४९ अर्ब ५० करोड रुपैयाँबराबरको टे«जरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिने प्रवक्ता डा. भट्टले बताएका छन् । ‘ऋणपत्र बिक्रीमा वैदेशिक रोजगार बचतपत्रको बिक्रीमा केही कमी आउने देखिए पनि तोकिएको अवधिमा सबै किसिमको ऋणपत्र बिक्री हुन्छ’, प्रवक्ता डा. भट्टले भने ।

५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्रको बिक्री आजबाट

नेपाल राष्ट्र बैंकले आज शुक्रबारबाट ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचपत्रको बिक्री खुल्ला गरेको छ । वैदेशिक रोजगारीमा रहेका र रोजगारीबाट स्वदेश फर्किएका छ महिना पुुगेका नेपाली नागरिकहरुलाई लक्षित गरेर राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र २०८२ ‘ख’को बिक्री खुल्ला गरेको हो । राष्ट्र बैंकका अनुसार बचतपत्र खरिदको लागि आगामी फागुुन २ गतेसम्म आवेदन दिन सकिनेछ ।

No description available.

निष्कान मिति २०७७ फागुुन ८ गते तोकिएको बचतपत्रको सावाँ भुक्तानी मिती भने वि.सं. २०८२ फागुन ८ गते तोकिएको छ । वार्षिक १० प्रतिशत ब्याजदर तोकिएको र ब्याजकर लाग्ने बचतपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुुनेछ । घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिदको सीमा तोकिएको बचपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन सकिनेछ ।

मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफु वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र)को नाममा खरिद गर्न राष्ट्र बैंकले जानकारी दिएको छ । यो बचतपत्र खरिदको लागि नबिल बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्रभुु बैंक, सिटी एक्सप्रेस, प्रभुु मनी ट्रान्सफरसहितका ११ वटा संस्थाहरु तोकिएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया