Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्वावलम्बन लघुवित्तको १८औं वार्षिक साधारणसभा

स्वावलम्बन लघुवित्तको १८औं वार्षिक साधारणसभा


काठमाडौं, पुस २१
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १८औं वार्षिक साधारणसभा आइतबार काठमाडौँमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई २६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ४२ करोड ४१ लाख ३८ हजार आठ सय ७४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

साधारण सभाले आव २०७५/७६ को वासलात, नाफा–नोक्सान हिसाबलगायत अन्य वित्तीय विवरणसमेत पारित गरेको छ । चालू आवको मंसिर मसान्तसम्म ६१ जिल्लाका एक सय ४० शाखा/उपशाखा कार्यालय तथा नौवटा इलाका कार्यालयबाट दुई लाख ४५ हजार एक सय १६ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम १५ अर्ब ६३ करोड ३३ लाख पुगेको छ ।

वित्तीय संस्थाको आन्तरिक पुँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा आठ अर्ब २६ करोड ४४ लाख पाँच हजार रूपैयाँ रहेको छ । राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाका रूपमा कारोबार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न हिमाली तथा पहाडी ग्रामीण क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पुँजी एक अर्ब रुपैयाँ छ । साधारणसभाले जारी तथा चुक्ता पुँजी ७९ करोड २३ लाख ९९ हजार चार सय रूपैयाँ कायम गर्ने निर्णय गरेको छ । उक्त साधारणसभाले सर्वसाधारण सेयरधनी समूह ‘ख’ अन्तर्गत सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकमा विष्णुप्रसाद त्रिपाठीलाई निर्विरोध निर्वाचित गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x