Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी बैंक र नेपाल मेडिसिटीबीच सम्झौता

सेञ्चुरी बैंक र नेपाल मेडिसिटीबीच सम्झौता


काठमाडौं, पुस २१
सेञ्चुरी कमर्सियल बैंक र भैसिपाटी, ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरूलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरूले अस्पतालको विभिन्न सेवामा सात प्रतिशतसम्म छुट पाउनेछन् । सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटी र नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका हुुन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x