मेगा बैंकको दुईवटा नयाँ निक्षेप योजना
काठमाडौं, पुस २२
मेगा बैंकले दुईवटा नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले ‘मेगा विश्वास बचत खाता’ नामक नयाँ बचत योजनाका साथै ‘मेगा माया बचत खाता’को नयाँ संस्करण ल्याएको हो । ग्राहकहरूकै अटुट विश्वासका कारण बैंक अफ दि इयर २०१९ बाट सम्मानित भएको अवसरमा मेगा बैंकले ग्राहकहरूलाई धन्यवादस्वरूप ‘मेगा विश्वास बचत खाता’ योजना ल्याएको हो । छ दशमलव पाँच प्रतिशत आकर्षक ब्याज पाइने यो बचत खातामा ग्राहकहरूलाई १७ वटा आकर्षक सुविधा तथा छुटहरूको व्यवस्था गरिएको छ । यसैगरी, मोबाइल बैंकिङ र डेबिट कार्ड निःशुल्करूपमा जारी गरिने र क्रेडिट कार्ड जारी गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । यो बचत योजनाले ग्राहकहरूको विश्वासलाई थप प्रगाढ बनाउने बैंकले जनाएको छ ।
ग्राहकहरूलाई आकर्षक एवं नवीनतम सुविधाहरू प्रदान गर्दै बैंकले ‘मेगा माया बचत खाता’ को २०२० संस्करण पनि ल्याएको छ । नियमित बचतसँगै स्वास्थ्य र जीवन सुरक्षाको पनि अनुभूत गराउने उद्देश्यले मेगा बैंकले ल्याएको यस योजनामा सम्बन्धित ग्राहकको १० लाख रूपैयाँसम्मको दुर्घटना बीमा, तीन लाख रूपैयाँसम्मको प्राणघातक रोगहरूको बीमा र एक लाख रूपैयाँसम्मको स्वास्थ्य बीमाको व्यवस्था बैंक आफैंले बीमा प्रिमियम शुल्क व्यहोर्ने गरी बीमा प्रदायक कम्पनी नेको इन्स्योरेन्समार्फत गर्ने भएको छ ।
आकर्षक ब्याजदर रहेको यस बचत योजनामा ग्राहकहरूले मोबाइल बैंकिङ र डेबिट कार्ड निःशुल्करूपमा पाउने छन् भने क्रेडिट कार्ड जारी शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । ग्राहकहरूको विश्वास जित्दै अघि बढिरहेको मेगाको देशभर एक सय ११ शाखा, २० एक्सटेन्सन काउन्टर, एक सय १४ एटीएम, एक सय १९ शाखारहित बैंकिङ केन्द्रहरू र २५ सयभन्दा बढी मेगा रेमिटको सञ्जाल रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया