Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसूचक १२ सय नौ अंकमा

सेयर बजार परिसूचक १२ सय नौ अंकमा


काठमाडौं, पुस २४
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको चौथो कारोबार दिन बुुधबार बजार परिसूचक सात दशमलव ३२ अंकले ओरालो लागेर १२ सय नौ दशमलव ६० अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव पाँच अंकले ओरालो लागेर दुुई सय ६३ दशमलव ३१ अंकमा झरेको छ । यसदिन कुुल एक सय ७२ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार एक हजार ३५ वटा कारोबारमा २१ लाख ८५ हजार तीन सय ९७ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ७३ करोड आठ लाख ५२ हजार तीन सय ४५ रूपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार सातवटा समूहको सूचक ओरालो लागेका छन् भने पाँचवटा समूहको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ११ दशमलव २१ अंकले ओरालो लागेर एक हजार ८५ दशमलव ४३ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक आठ दशमलव ६३ अंकले ओरालो लागेर १६ सय ४० दशमलव ४३ अंकमा झरेको छ । जलबिद्युुत समूहको सूचक पनि पाँच दशमलव २१ अंकले ओरालो लागेर नौ सय ५५ दशमलव ६९ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ६१ दशमलव ९४ अंकले ओरालो लागेर चार हजार छ सय आठ दशमलव ८९ अंकमा झरेको छ ।

यीबाहेक ट्रेडिङ, होटल, र जीवन बीमा समूहको सूचक पनि क्रमशः सात दशमलव ५८, १७ दशमलव ७१ र ११ दशमलव ११ अंकले ओरालो लागेका छन् । फाइनान्स समूहको सूचक भने यसदिन पाँच दशमलव ५९ अकले उकालो लागेर पाँच सय ८५ दशमलव ४४ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि १४ दशमलव ४६ अंकले उकालो लागेर १८ सय तीन दशमलव ४१ अंकमा चढेको छ । यसैगरी उत्पादनमूलक समूहको सूचक पनि १३ दशमलव ७६ अंकले उकालो लाागेर दुुई हजार चार सय १० दशमलव २७ अंकमा चढेकोमा अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः शून्य दशमलव ३३ र शून्य दशमलव शून्य नौ अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको समता माइक्रोफाइनान्सको सेयर मूल्य १० रूपैयाँले बढेर छ सय १६ रूपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ रूपैयाँ ६८ पैसाले बढेर आठ सय ९५ रूपैयाँमा कारोबार भएको छ । यीबाहेक रिलायन्स फाइनान्स, माउन्टेन हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको लुुम्बिनी विकास बैंकको सेयर मूल्य सात सय ३५ रूपैयाँले घटेर एक सय ८० रूपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको अरुण कावेली पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य चार रूपैयाँ २० पैसाले घटेर एक सय १४ रूपैयाँमा कारोबार भएको छ । यीबाहेक युनियन हाइड्रोपावर कम्पनी, प्रभुु बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन वोमी माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी रकम कारोबार भएका छन् । उक्त कम्पनीको प्रतिकित्ता प्रतिकित्ता आठ सय ९५ रूपैयाँ अन्तिम मूल्यमा सात करोड १६ लाख २८ हजार चार सय ४२ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनआईसी एसिया बैंकको प्रतिकित्ता चार सय ३४ रूपैयाँ अन्तिम मूल्यमा चार करोड २८ लाख नौ हजार छ सय ६८ रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक माछापुुच्छ्रे बैंक, प्रभुु बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x