स्वस्तिक लघुवित्तको अभिमुखीकरण तालिम
काठमाडौं, पुस २७
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा प्रबन्धकहरुको एक दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । तालिममा उपस्थित शाखा प्रबन्धकहरुलाई संस्थाका अध्यक्ष सत्य नारायण झा ले संस्थागत सुशासन कायम गरी विपन्न वर्गको उत्थानका लागि सदैव कार्य गर्न उत्प्रेरित गरे ।शाखा प्रमुखको भुमिका, कर्जा व्यवस्थापन तथा व्यवशाय अभिवृद्धि सम्बन्धि अभिमुखिकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन खनालले दिए भने लेखा व्यवस्थापन, सुचना प्रविधिका बारेमा लेखा तथा आई. टी. विभाग प्रमुख तोयानाथ पोखरेलले साथै मानव संशासन, कार्यसंचालनका बारेमा मानव संशाधन विभाग प्रमुख धिरेन्द्रलाल कर्णले दिए । लहान, सिराहामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले न्यून आय भएका तथा विपन्न वर्गका महिलाहरुलाई आधुनिक प्रविधिका माध्यमवाट घरदैलोमा लघुवित्त सेवा पु-याउने जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया