Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुर्गियामा गरिमा विकास बैंक

मुर्गियामा गरिमा विकास बैंक


काठमाडौं, पुस २७
गरिमा विकास बैंकले रुपन्देहीको मुर्गियामा पनि शाखा विस्तार गरेको छ । देशभर वित्तीय पहुंच विस्तार गर्ने उदे्श्य अनुरुप उक्त स्थानमा शाखा विस्तार गरिएको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार उक्त शाखाको उद्घाटन सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले गरेका हुन । कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रकान्त बरालले उक्त क्षेत्रमा खोलिएको शाखाले सो क्षेत्रको वित्तीय पुँजी परिचालनको लागि महत्वपुर्ण योगदान दिने बताएका थिए ।

यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृ गोविन्द प्रशाद ढकालले बैंकले उक्त शाखाबाट आधुनिक सुबिधा सहित सहजरुपमा वित्तीय सेवा उपलब्ध गराउने बताएका थिए । बैंकले हाल काठमाडौ उपत्यकाभित्र १०वटा शाखा सहित देशभर ९०वटा शाखा, ५१वटा एटीएम काउन्टर र १० हजार गरिमा रेमिटका एजेन्टमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले यही पुसको दोस्रो सातासम्म ३७ अर्ब ५० करोड रुपैयाँ निक्षेप संंकलन गरी ३३ अर्ब २५ करोड रुपैयाँ कर्जा प्र्रवाह गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x