Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकको वार्षिक साधारणसभा

नेपाल बैंकको वार्षिक साधारणसभा


काठमाडौं, पुस २७
नेपाल बैंकले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले शुक्रबार सशस्त्र प्रहरी बलको सभाहलमा आफ्नो ६०औँं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले १० प्रतिशतका दरले ९८ करोड ११ लाख १४ हजार ८ सय रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको भने चुक्ता पुँजीको १५ प्रतिशतको दरले हुन आउने एक अर्ब ४७ करोड १६ लाख ७२ हजार २ सय रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय पनि पारित भएको छ । बैंकले सोही सभामार्फत हाल कायम रहेको अधिकृत पुँजी १० अर्बबाट वृद्धि गरी १५ अर्ब कायम गर्ने र सोही अनुसार प्रबन्ध पत्रको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x