Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकैलाश विकास बैंकले बोनस सेयर दिने

कैलाश विकास बैंकले बोनस सेयर दिने


काठमाडौं, पुस २७
कैलाश विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले शुक्रबार २६औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो । बैंकका अध्यक्ष नारायण पौडेलका अनुसार सेयरधनीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त साधारणसभाले चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर र दुई दशमलव ७७ प्रतिशत नगद लाभांश गरी जम्मा १८ दशमलव ७७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्राइम कार्सियल बैंकसँग समाहित (एक्युजिसन) को चरणमा रहेको उक्त बैंकले, समाहित (एक्युजिसन) हुने प्रस्तावका साथ साथै, कैलाश विकास बैंकको एक सय कित्ता सेयर वापत प्राईम कमर्सियल बैंक लिमिटेडको ९४ कित्ता सेयर हुने गरी अर्थात एक दशमलव शून्य दशमलव ९४ को स्वाप रेसियो पनि पारित गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

हाल एक सय दुईवटा शाखा र ४०वटा एटीएममार्फत देशभरि वित्तीय सेवा विस्तार गरेको बैंकको चुक्ता पुँजी झण्डै तीन अर्बको हाराहारीमा पुगेको छ । बैंकले हालसम्म ३४ अर्ब निक्षेप संकलन गरी २९ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ, सेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x