Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकका थप चार एक्सटेन्सन काउन्टर

मेगा बैंकका थप चार एक्सटेन्सन काउन्टर


काठमाडौं, पुस २८
मेगा बैंक नेपाल लिमिटेडले उपत्यकामा थप चारवटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँंको टोखा नगरपालिकाको झोर, भक्तपुरको सूर्यविनायक नगरपालिकाको गाम्चा, भक्तपुरकै भक्तपुर नगरपालिकाको कमलविनायक र ललितपुरको ललितपुर महानगरपालिकाको सुनाकोठीमा एक्सटेन्सन काउन्टर विस्तार गरेको हो । अब मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २५ पुगेको छ । एक्सटेन्सन काउन्टरको विस्तारपछि सेवाग्राहीहरूलाई सहज हुने मेगा बैंकको विश्वास छ । ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगाको उपत्यकासहित देशभर एक सय ११ वटा शाखा कार्यालयहरू, एक सय १४ वटा एटीएम, एक सय १९ वटा शाखारहित बैंकिङ सेवा र तीन हजारभन्दा बढी मेगा रेमिट सञ्जाल रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x