Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजानकी फाइनान्सको वार्षिक साधारणसभा

जानकी फाइनान्सको वार्षिक साधारणसभा


काठमाडौं, पुस २८
जानकी फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले जनकपुरधाममा २३औं वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष रघुनाथप्रसाद साहको सभापतित्वमा सम्पन्न गरेको हो । सभामा वित्तीय संस्थाका सञ्चालकहरू अमरनाथ गुप्ता, अशोककुमार जालान, महावीरकुमार सुल्तानीया, दिपनारायण साह, प्रमुख कार्यकारी अधिकृत रजनिशकुमार सिंह र पूर्वअध्यक्ष बजरगप्रसाद साह, शिवशंकरप्रसाद साहको साथै संस्थापक सेयरधनीहरू र सर्वसाधारण सेयरधनीहरूको उल्लेख्य उपस्थिति रहेको फाइनान्सले जानकारी दिएको छ । सभामा छलफलका तथा निर्णयको लागि आव २०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ असार मसान्तको वासलात तथा आव २०७५/७६ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण सार्वजनिक गरिएको छ ।

फाइनान्सले सभामार्फत चुक्ता पुँजीको एक दशमलव १६प्रतिशत नगद लांभाश बोनस सेयर कर प्रयोजनको लागि, आव २०७६/७७ को हरहिसाब लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति गर्ने, चुक्ता पुँजीको २२ प्रतिशत लांभाशको रूपमा बोनस सेयर दिने, वित्तीय संस्थाको कारोबार ३ जिल्लाबाट विस्तार गरी प्रदेश नं. २ को ८ वटै जिल्ला कायम गर्ने र जानकी फाइनान्स र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरू एक–आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानको लागि चलअचल सम्पत्ती तथा दायित्व र कारोबारको मूल्यांकन गर्न तथा गाभ्ने वा गाभिनेसम्बन्धी प्रस्तावसमेत पारित गरेको छ । सभामा सेयरधनीहरू पंकजकुमार ठाकुर, गणेश झा, सरोजकुमार ठाकुर, दिपेन्द्रकुमार मिश्र, गोपाल मोक्तान, कुलदीप चौधरी, बजरगप्रसाद साह, दिनेशप्रसाद साह र युगल किशोर पञ्जियारलगायतका व्यक्तिहरूले आफ्नो धारणा व्यक्त गरेको फाइनान्सले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x