Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार १५ दशमलव १४ अंकले उकालो लाग्यो

सेयर बजार १५ दशमलव १४ अंकले उकालो लाग्यो


काठमाडौं, पुस २९
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक १५ दशमलव १४ अंकले उकालो लागेर १२ सय ७० दशमलव ८६ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५५ अंकले उकालो लागेर दुई सय ७६ दशमलव २८ अंकमा चढेको छ । यसदिन कुुल एक सय ८३ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार १९ हजार तीन सय ५० वटा कारोबारमा ५५ लाख १८ हजार छ सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ७० करोड ५० लाख ६० हजार छ सय ६४ रूपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार १० वटा समूहको सूचक उकालो लागेका छन् भने दुुईवटा समूहको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १४ दशमलव ८१ अंकले उकालो लागेर ११ सय २७ दशमलव १२ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि १२ दशमलव ५३ अंकले उकालो लागेर १७ सय ५३ दशमलव ३० अंकमा चढेको छ । जलविद्युुत् समूहको सूचक पनि ४८ दशमलव सात अंकले उकालो लागेर एक हजार ३४ दशमलव ४१ अंकमा चढेकोमा फाइनान्स समूहको सूचक पनि १० दशमलव ८८ अंकले उकालो लागेर छ सय नौ दशमलव ९० अंकमा चढेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ३९ दशमलव एक अंकले उकालो लागेर पाँच हजार एक सय २७ दशमलव ५१ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि ५२ दशमलव सात अंकले उकालो लागेर छ हजार चार सय २८ दशमलव ७८ अंकमा चढेको छ । यीबाहेक ट्रेडिङ, होटल, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः २५ दशमलव १२, १२ दशमलव ५९, छ दशमलव ९९ र शून्य दशमलव शून्य चार अंकले उकालो लागेका छन् । उत्पादनमूलक समूहको सूचक भने यसदिन दुुई दशमलव छ अंकले ओरालो लागेर २४ सय ३२ दशमलव २४ अंकमा झरेकोमा लघुुवित्त समूहको सूचक पनि १३ दशमलव ८९ अंकले ओरालो लागेर १९ सय ७४ दशमलव ७२ अंकमा झरेको छ ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको घोडाघोडी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रूपैयाँ ८७ पैसाले बढेर आठ सय ३५ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सानिमामाई हाइड्रोपावर कम्पनीको सेयर मूल्य नौ रूपैयाँ ७८ पैसाले बढेर दुुई सय दुुई रूपैयाँमा किनबेच भएको छ । यीबाहेक चिलिमे हाइड्रो पावर कम्पनी, राधी जलविद्युुत् कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नयाँ नेपाल लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य छ रूपैैयाँ ५७ पैसाले घटेर छ सय ११ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सिभिल लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच रूपैयाँ ९८ पैसाले घटेर आठ सय एक रूपैयाँमा किनबेच भएको छ । यीबाहेक जोशी हाइड्रोपावर कम्पनी, समता लघुुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन बढी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नेपाल टेलिकमको प्रतिकित्ता छ सय ४५ रूपैयाँ अन्तिम मूल्यमा छ करोड चार लाख ५५ हजार सात सय छ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक हजार एक रूपैयाँ अन्तिम मूल्यमा पाँच करोड ९७ लाख १४ हजार एक सय ३० रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, प्रभुु बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x