Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकको थप २३ स्थानमा शाखा

नबिल बैंकको थप २३ स्थानमा शाखा


काठमाडौं, माघ २
नबिल बैंकले थप २३ स्थानमा शाखा विस्तार गरेको छ । पछिल्लो समयमा नेपालको विकसित, अर्धविकसित तथा ग्रामीण स्थानहरूमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउदै एवं अत्यावश्यक वित्तीय सेवाको प्रत्याभूत गराउँदै आएको नबिलले आम जनमानसमा सरल र सुलभ वित्तीय पहुँच पु-याउने उद्देश्यका साथ नेपालको विभिन्न स्थानमा हाल स्थापित भएका शाखाहरू अतिरिक्त थप २३ स्थानमा आफ्ना शाखा सञ्जाल बढाएको बैंकले जनाएको छ ।

बैंकका अनुसार यसरी बढाइएका शाखाहरूमा प्रदेश १ मा इनरुवा, विराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाट, प्रदेश २ मा र्मिचैया, गोलबजार, सिराहा र चन्द्रपुर, प्रदेश ३ मा कमलविनायक, हात्तीगौडा, कपन, गजुरी, बनेपा, पनौती र पर्सा, प्रदेश ४ मा गैँडाकोट, दलदले र कावसोती र प्रदेश ५ मा चन्द्रौटा, बर्दाघाट र मणिग्राम रहेका छन् । सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समयानुकूल सेवा प्रदान गर्दै आएको नबिलको एक सय दुुईवटा शाखा, एक सय ४३ वटा एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेका छन्् । साथसाथै बैंकले देशव्यापीरूपमा र विश्वभर धेरै एजेन्टहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x