नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा भिमसेन मन्दिर पुनर्निर्माणका लागि ५० लाख रूपैयाँ सहयोग
काठमाडौं, माघ २
नेपाल इन्भेष्टमेन्ट बैंकले भिमसेन मन्दिर पुनर्निर्माणका लागि ५० लाख रूपैयाँ सहयोग गरेको छ । बैंकका अनुुसार उक्त रकम भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई बुुधबार एक समारोहबीच हस्तान्तरण गरिएको हो । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पाटन मंगलबजारस्थित व्यापारीवर्गहरूको आराध्य देवताको रूपमा रहेको भिमसेन मन्दिर पुनर्निर्माणको लागि जिल्लास्थित विभिन्न जातीय समाज, व्यापारिक वर्ग, संघसंस्था, मंगल टोल सुधार समितिसमेतको आग्रहमा ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको अगुवाइमा भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिमार्फत स्थानीय तवरबाट नै आर्थिक स्रोत जुटाउने गरी मन्दिरको पुनर्निर्माणको कार्य दु्रत गतिमा भइरहेको छ ।
‘हाम्रो सम्पदा हामी आफैँ बनाउन सक्छौँ’ भन्ने नाराका साथ काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रष्टको प्राविधिक सहयोगमा मन्दिरको छानामा सुन लेपनबाहेक चार करोड ९३ लाखको अनुमानित लागतमा सुरु गरिएको भिमसेन मन्दिरको पुनर्निर्माणका लागि विभिन्न संघसंस्था, व्यक्ति, व्यापारीवर्ग, वित्तीय संस्था, स्थानीय सरकार, प्रदेश सरकार, सांसदहरूबाट समेत आर्थिक सहयोग प्राप्त भइरहेको छ ।
सोही क्रममा बैंकका तर्फबाट मन्दिर पुनर्निर्माणका लागि बैंकका अध्यक्ष एवं सम्पदाप्रेमी पृथ्वीबहादुर पाँडेले आफ्नो प्रतिबद्धताअनुरूप हाललाई ५० लाखको आर्थिक सहयोग बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाँण्डेमार्फत हस्तान्तरण गरेका हुुन् । आर्थिक सहयोग ग्रहण गर्दै समितिका अध्यक्ष कृष्णलाल महर्जनले नेपाल इन्भेष्टमेण्ट बैंकको उदारताका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै प्राप्त रकमले पुनर्निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सहयोग पुग्ने बताए । समितिका सदस्य सचिव मनोजबहादुर न्याछ्योंद्वारा ललितपुर उद्योग वाणिज्य संघको सभाकक्षमा सञ्चालित उक्त कार्यक्रममा उपाध्यक्ष किरणमान प्रधानले धन्यवाद ज्ञापन गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया