सानिमा बैंक र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण
काठमाडौं, माघ २
सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ । बैंकका अनुुसार सम्झौताअन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरूलाई प्रतिव्यक्ति २० हजार रूपैयाँसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता नवीकरण गरिएको हो । बैंकले प्रत्येक नारी बचत खाताबापत बैंकको तर्फबाट मासिक एक रूपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएकोे छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता गरेको हो ।
बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा सानिमा बंैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र पाटन अस्पतालका तर्फबाट निर्देशक डा. विष्णुप्रसाद शर्माले हस्ताक्षर गरेका हुुन् । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाहरूको उपचारमा राहत पुग्नुका साथै बैंकको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शर्माले बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- विश्वका विभिन्न देशमा मनाइयो संविधान दिवस
- उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
- नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल
- राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा
- प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान
- विकासमा महिलावादी सिद्धान्तको महत्व
- दोलखामा रहेको नेपाली सेनाको गरुडदल गणद्धारा आगोलागि पिडितको घर निर्माण
- यसकारण भ्रष्ट छ नेपालको राजनीति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया