Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा र नेपाल क्लियरिङ हाउसबीच आरटीजीएस सम्झौता

कामना सेवा र नेपाल क्लियरिङ हाउसबीच आरटीजीएस सम्झौता


काठमाडौं, माघ ३
कामना सेवा विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको छ । यही पुस २८ गते नेपाल क्लियरिङ हाउससँग भएको सम्झौताअनुसार बैंकका ग्राहकहरूले आईपीएस, कनेक्ट आईपीएस सुविधाअन्तर्गत आरटीजीएस सुविधा प्राप्त गर्न सक्नेछन्, जसबाट अन्तरबैंक भुक्तानी सुविधामा सहजता आउनेछ । यस अघि बैंकले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागसँग पनि आरटीजीएस सम्झौता गरिसकेको छ । बैंकले देशका विभिन्न स्थानमा एक सय १४ वटा शाखा तथा ६० वटा एटीएममार्फत ग्राहकहरूलाई आफ्नो सेवाहरू प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x