Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमञ्जुश्रीले ८० प्रतिशत नगद लाभांश दिने

मञ्जुश्रीले ८० प्रतिशत नगद लाभांश दिने


काठमाडौं, माघ ५
मञ्जुश्री फाइनान्स लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । फाइनान्सले मंगलबार थापागाँउ व्याङकेट, नयाँ बानेश्वरमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले आ.व. २०७५/०७६ को लागि प्रस्तावित नौ दशमलव ८० प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको कर समेत) र एक दशमलव ७५ प्रतिशत बराबरको बोनस सेयर वितरण गर्ने निर्णय पारित गरेको छ ।

संस्थाको यसअघि सम्मको चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार दुई सय १० रुपैयाँ रहेको छ । फाइनान्सले चालू आवको पुस मसान्त सम्म सात अर्ब ७० करोड निक्षेप संकलन गरी छ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्न इन्दिरा पण्डित घिमिरे र चिन्तामणि गौतमलाई आगामि चार वर्षको लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।केन्द्रीय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहेको फाइनान्सले हाल न्युरोड काठमाण्डौ, नारायणगढ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा तथा वीरगञ्ज शाखाबाट कारोबार गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x