Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन बैंकका ग्राहकहरूलाई ७५ भन्दा बढी स्थानमा छुट

हिमालयन बैंकका ग्राहकहरूलाई ७५ भन्दा बढी स्थानमा छुट


काठमाण्डौँ,माघ ६
हिमालयन बैंक लिमिटेडले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरूमाझ सेवा अभिवृद्धि गर्ने उद्देश्यले, आफ्ना सम्पूर्ण ग्राहकहरूलाई काठमाडौँं, पोखरा, चितवनका विभिन्न ७५ भन्दा बढी स्थानमा विशेष छुटको व्यवस्था गरेको छ । सोअनुुरूप बैंकका ग्राहकहरूले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, गहनागृह, कपडा, चश्मा तथा घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समग्री, खेलकुद समग्री, फर्निचर, विद्युतीय दुई पाङ्ग्रे सवारी, कस्मेटिक, बुटिकलगायत अन्य स्थानहरूमा भारी छुट पाउनेछन् ।

बैंकले ती स्थानहरूसँगको सहकार्यमा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर राख्दै अधिकतम ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । सोअनुुसार बैंकका ग्राहकले आफू हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट÷क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा उक्त स्थानहरूबाट निर्धारित छुट पाउनेछन् । ग्राहकवर्गहरूले छुट पाउने स्थान, प्रतिशत तथा समग्रीहरूको बारेमा विस्तृत जानकारीका लागि हिमालयन बैंककोे अधिकारीक वेबसाइट गई हेर्न सक्नेछन् । हाल यो योजना ७५ भन्दा बढी स्थानबाट लागू भएकोमा निकट भविष्यमा योजनालाई देशभरि कम्तीमा दुुई सयवटा थप स्थानहरूमा विस्तार गरिने बैकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x