लक्ष्मी बैंकको छैटौंँ महिला उद्यमी सम्मेलन आयोजना हुँदै
काठमाण्डौँ,माघ ७
छैटौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँंमा आयोजना हुनेभएको छ । नेपाली युवा उद्यमी फोरमको सिग्नेचर कार्यक्रम यो वर्ष माघको दोस्रो हप्ता विगत चार वर्षजस्तै लक्ष्मी बैंकको प्रायोजनमा आयोजना गरिने भएको छ । कार्यक्रम कनेक्ट, कोलाबोरेट र क्रियट भन्ने नाराका साथ आयोजना गरिँदै छ । त्यसैगरी कार्यक्रमको प्लाटिनम स्पोनसर अन्तर्राष्ट्रिय श्रम संगठन रहेको छ, जसले महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्दै आएको छ ।
गतवर्षको सम्मेलनमा पनि करिब ३० प्रतिशत सहभागिता पुरुषको थियो र यो वर्ष पनि महिला पुरुष दुवैको सहभागिता रहनेछ ।
यो वर्ष तीन सयभन्दा बढी सहभागीहरूको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । कार्यक्रममा, उद्यमी, श्रमिक महिला, विभिन्न व्यवसायीलगायत विज्ञहरू र विद्यार्थीहरूको उपस्थिति रहनेछ । कार्यक्रममा विभिन्न विज्ञहरूको सम्बोधन, प्रेरक वक्ताहरूको प्रस्तुति, प्यानल छलफललगायत विभिन्न कार्यशालाहरूको पनि आयोजना गरिनेछ । कार्यक्रम माघ १२ गते लाजिम्पाटको ¥याडिसन होटलमा आयोजना गरिनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया