नाडेप लघुवित्तको नाफा १५ करोड ६८ लाख
काठमाडौं । नाडेप लघुबित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा १५ करोड ६८ लाख ४८ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाले १८ लाख ५२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
हाल चुक्ता पुँजी ४० करोड ४८ लाख रूपैयाँ रहेको संस्थाले आव २०७७–०७८ मा एक अर्ब ५४ करोड ४२ लाख ४७ हजार रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब ४० करोड ४० लाख ७८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४७ करोड ५७ लाख सात हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड ७८ लाख ८६ हजार रूपैयाँ रहेको संस्थामा तीन दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ३६ करोड २० लाख २० हजार रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब १२ करोड ६६ लाख १५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २५ करोड ३६ लाख १४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड १५ लाख ७९ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ६७ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एमालेले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा, अबको प्रक्रिया के
- नौबिसे नागढुङ्गा सडक आज र भोलि राति बन्द हुने
- टिआरसी विधेयकमा सहमति जुटाउन कार्यदलको बैठक
- सप्तकोशी नदीको बहावमा उतारचढाव भएसँगै क्षति रोक्न उच्च सतर्कता
- ठगी गर्न खोज्ने दुई भारतीय नागरिक पक्राउ
- सरकारलाई दिएको समर्थन फिर्तालिने तयारीमा एमाले
- कांग्रेसद्वारा प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह
- सङ्खुवासभामा ४३ परिवार बाढीपहिरोबाट विस्थापित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया