Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबेष्ट फाइनान्सद्वारा न्यूरोड शाखा स्थानान्तरण

बेष्ट फाइनान्सद्वारा न्यूरोड शाखा स्थानान्तरण


काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाडौँ महानगरपालिका २२ मा रहेको न्यूरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ । फाइनान्सले सोही वडाको न्यूरोड, पीपलबोटस्थित रमा गृह भवनमा बुधबार स्थानान्तरण गरी कार्यालय सञ्चालन गरेको हो ।

नयाँ शाखा कार्यालयको उद्घाटन संस्थाका सञ्चालक समितिका महिला सञ्चालक श्रीमती सुशिला खनाल तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष एवं व्यवसायी महेन्द्ररत्न शाक्यले संयुक्तहरूमा गरेका थिए । कार्यक्रममा न्यूरोड क्षेत्रका प्रतिष्ठित व्यवसायीहरू तथा संस्थाका पूर्वपदाधिकारी एवं स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो ।

नेपालको चारवटा पुरानो फाइनान्स कम्पनीहरू मर्ज भई बनेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ । संस्थाको प्रधान कार्यालय, कमलादी, काठमाडौँमा रहेको छ । संस्थाबाट हाल डिजिटल बैंकिङ सेवालगायत नेपाल राष्ट्र बैंकको नीतिबमोजिम विभिन्न बचत योजनासहित सहुलियत कर्जाहरू समेत प्रदान गर्दै आएको फाइनान्सले जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x