Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रिमियर इन्स्योरेन्सद्वारा १० लाखको चेक हस्तान्तरण

प्रिमियर इन्स्योरेन्सद्वारा १० लाखको चेक हस्तान्तरण


काठमाडौं, माघ १२
प्रिमियर इन्स्योरेन्स कम्पनीले वीरगञ्ज महानगरका फायरमैन बुनिलाल चौरसियाकी पत्नी फुलपति देवीलाई १० लाख रुपैयाकोे हस्तान्तरण गरेको छ । कम्पनीमा वीरगञ्ज महानगरका सबै कर्मचारीको बीमा भएको अवस्थामा उनको मृत्यु भएपछि उक्त बीमा दाबी रकम बुनिलालकी पत्नी फुलपति देवीलाई हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।

वीरगञ्ज महानगरको सभाहलमा आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी र प्रियमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराज तिमिलाले संयुक्त रुपममा चेक हस्तनान्तरण गरेका थिए । नेपाल प्रालिबाट उक्त दाबी रकमको चेक हस्तान्तरण असोज ७ गते फायरम्यान वीरगञ्ज १६ निवासी बुनिलाल चौरसियाको मृत्यु भएको अवस्थामाम उनको परिवरारले बीमा रकम दावी गरेको थियो।महानगरले फायरमैनको जीवन बीमा गरेको अवस्थामा प्रिमियर इन्योरेन्स कम्पनीका पदाधिकारी तथा वीरगञ्ज महानगरका कर्मचारीहरुकको रोहबरमा चेक हस्तान्तरण गरिएको थियो ।

वीरगञ्जका मेयर सरावगीले आजको समयमा बीमा एक प्रकारको बचत गर्ने सुविधासँगै भवितव्यमा आइपर्ने समयमा सहयोग पुग्ने कुरा भएकोले हरेक जनधनको बीमा गर्न सर्वसाधारणलाई सुझाव दिए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विश्वराज तिमिला, नायब महाप्रबन्धक दिपेन्द्रराज गौत्तम,प्रदेश २ का प्रादेशिक प्रबन्धक विज्ञानविक्रम शाह र क्षेत्रीय अधिकृत शशि विचित्रलगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x