Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवाद्वारा एनआरएन बचत खाता सञ्चालनमा

कामना सेवाद्वारा एनआरएन बचत खाता सञ्चालनमा


काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित तिनका परिवारजनका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले ७ प्रतिशतको उच्चतम ब्याजदर सहितको यस खातामा प्रथम वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा पनि उपलब्ध गराउनेछ । विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन् । यसका साथै यस खातामार्फत खोलिने मुद्दती निक्षेपमा शून्य दशमलव पाँच प्रतिशत थप ब्याज उपलब्ध गराइने बैंकले जनाएको छ । यो खाता अनलाइन माध्यमबाट पनि खोल्न सकिनेछ ।

काठमाडौँको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवाले देशका विभिन्न भागमा एक सय २९ वटा शाखा, एउटा विस्तारित शाखा र ७६ वटा एटीएममार्फत ग्राहकलाई बैंकिङ सेवातथा सुविधा प्रदान गर्दै आएको छ । बैंकले सोसल मिडिया बैंकिङ, केएस आइमोबाइल जस्ता विभिन्न डिजिटल माध्यमहरूबाट समेत ग्राहकलाई सरल, सहज र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x